सर्वोच्च अदालतमा एक वर्षमा ३७.८४ प्रतिशत मुद्दा फर्छ्यौट

काठमाडौँ । चालु आर्थिक वर्षमा सर्वोच्च अदालतमा दर्ता भएका ३७.८४ प्रतिशत मुद्दा फर्छ्यौट भएका छन् ।

सोमवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सर्वोच्च अदालतले सो जानकारी गराएको हो । पत्रकार सम्मेलनमा बोल्दै सर्वोच्च अदालतमा प्रवक्ता वेदप्रसाद उप्रेतीले विगत ५ वर्षको तुलनामा यस वर्ष करिब ७ प्रतिशतले मुद्दा फर्छ्यौट वृद्धि भएको बताए ।

उनले चालु आर्थिक वर्षमा सर्वोच्च अदालतमा दर्ता भएका ४० हजार ९१२ मुद्दामध्ये १५ हजार ४८४ मुद्दा फर्छ्यौट गरेको बताए । उनले विगत पाँच वर्षको तुलनामा यस वर्ष मुद्दा फर्छ्यौट संख्या र प्रतिशतमा वृद्धि भएको बताए । उनले ४० हजार ९१२ मुद्दामध्ये फर्छ्यौट गर्ने २५ हजार ४२८ मुद्दा बाँकी रहेको बताए । प्रवक्ता उप्रेतीले विगत ५ वर्षमा २ वर्ष नाघेका मुद्दाको तुलनामा पनि २ वर्ष नाघेका मुद्दा फर्छ्यौट बढी रहेको बताए ।

विगत ५ वर्षमा २ वर्ष नाघेका २० हजार १४२ मुद्दामा ८ हजार १२२ मुद्दा फर्छ्यौट गरिएको बताए । उनले विगत ५ वर्षको तुलनामा २ वर्ष नाघेका ४०।३२ प्रतिशत मुद्दा फर्छ्यौट गरिएको बताए । प्रवक्ता उप्रेतीले ५ वर्षमा २ वर्ष नाघेका अझै १२ हजार २० मुद्दा बाँकी रहेको बताए । उनले २ हजार ६४५ थुनुवा मुद्दामा चालु आर्थिक वर्षमा ८९७ अर्थात् ३३।९१ प्रतिशत मुद्दा फर्छ्यौट गरिएको बताए ।

उच्च अदालतमा ६५ हजार ३१० मुद्दामा ६२।६१ प्रतिशत र जिल्ला अदालतमा २ लाख २८ हजार ३७२ मा ५७।०६ प्रतिशत मुद्दा फर्छ्यौट भएको बताए । उनले सर्वोच्च,उच्च र जिल्ला अदालतमा गरी चालु आर्थिक वर्षमा ३ लाख ६४ हजार ५९४ मुद्दा दर्ता भएकोमा ५५।९० अर्थात् २ लाख ३ हजार ८२७ मुद्दा फर्छ्यौट भएको बताए । उनले सर्वोच्च अदालतमा हरेक आर्थिक वर्षमा मुद्दा दर्ताको क्रम बढ्दो रहेको बताए । उनले सर्वोच्च अदालतमा प्राप्त स्रोत साधन न्यून र जनशक्तिको दक्षता अभिवृद्धिमा राज्यको लगानी नभएको बताए । उनले अदालतहरूको भौतिक अवस्था कमजोर भएकाले बताए । उनले समयमा न्यायाधीश नियुक्ति नहुनु प्रमुख चुनौती रहेको बताए ।

सर्वोच्च अदालतका रजिस्ट्रार विमल पौडेलले सर्वोच्च अदालतको मुद्दा व्यवस्थापन पद्धतिका तथ्याङ्क सकारात्मक रहेको बताए । उनले पछिल्लो समय अदालतले दर्ता भएका मुद्दा भन्दा बढी फर्छ्यौट गरिरहेको दाबी गरे । उनले अदालतहरूमा दर्ता भएका मुद्दा फर्छ्यौट तथ्याङ्कहरूले अदालतहरू सुधारोन्मुख भएको देखिएको बताए । उनले चालु आर्थिक वर्षमा विगतको तुलनामा २३ सय मुद्दा कम गर्न सफल भएको बताए । उनले गत वर्ष १२ हजार बढी मुद्दा फर्छ्यौट गरिएकोमा यो वर्ष वृद्धि गरेर १५ हजार बढी मुद्दाहरू फर्छ्यौट गरिएको बताए ।

सर्वोच्च अदालतले रिट निवेदनका लागि परेका ७ हजार २८६ मुद्दाहरूमा पनि २ हजार ८० मुद्दा फर्छ्यौट गर्न सफल भएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + thirteen =