भन्सार महसुल विधेयक, २०८१ राष्ट्रिय सभाबाट सर्वसम्मतले पारित

काठमाडौँ । राष्ट्रिय सभाले भन्सार महसुल विधेयक, २०८१ सर्वसम्मतिले पारित गरेको छ ।

सोमवार बसेको राष्ट्रिय सभा बैठकले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त भन्सार महसुल विधेयक, २०८१ लाई मूल रूपमै सुझाव बिना पारित गरी प्रतिनिधि सभामा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतिले पारित भएको हो ।

प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त आर्थिक विधेयक, २०८१ लाई सुझावसहित पारित गरी प्रतिनिधि सभामा फिर्ता पठाएको हो । सरकारको तर्फबाट उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सभा समक्ष पेस गरेका थिए ।

प्रस्तावमाथि छलफल भई अर्थमन्त्री पौडेलले जवाफ दिएसँगै राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले अर्थमन्त्री पौडेलले पारित गर्नका लागि प्रस्तुत गरेको सो प्रस्ताव सर्वसहमतिले पारित गरेको घोषणा गरे ।

राष्ट्रिय सभाको अर्को बैठक साउन ४ गते सवा १ बजे बस्नेगरी स्थगित भएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 2 =