राष्ट्र ऋण उठाउने विधेयक, २०८१ राष्ट्रिय सभाबाट सर्वसम्मतले पारित

काठमाडौँ । राष्ट्रिय सभाले राष्ट्र ऋण उठाउने विधेयक, २०८१ सर्वसम्मतिले पारित गरेको छ ।

सोमवार बसेको राष्ट्रिय सभा बैठकले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त राष्ट्र ऋण उठाउने विधेयक, २०८१ लाई मूल रूपमै सुझाव बिना पारित गरी प्रतिनिधि सभामा फिर्ता पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतिले पारित भएको हो ।

सरकारको तर्फबाट उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सभा समक्ष पेस गरेका थिए । प्रस्तावमाथि छलफल भई अर्थमन्त्री पौडेलले जवाफ दिएसँगै राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले अर्थमन्त्री पौडेलले पारित गर्नका लागि प्रस्तुत गरेको सो प्रस्ताव सर्वसहमतिले पारित गरेको घोषणा गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + 13 =