सडक दुर्घटनासम्बन्धी समस्या तत्काल हल हुनेगरी काम गर्छु : देवेन्द्र दाहाल

काठमाडौँ । नवनियुक्त भौतिक पूर्वाधार तथा ले सडक दुर्घटनासम्बन्धी समस्या तत्काल समाधान हुनेगरी काम गर्ने बताएका छन् ।
देशभर सडक दुर्घटनाका कारण ठूलो जनधनको क्षति भइरहेका बेला उनले सोमबार सिंहदरबारमा पदभार ग्रहण गर्नेक्रममा सो प्रतिबद्धता व्यक्त गरेका हुन् ।
मन्त्री दाहालले विकास निर्माणको काम ठप्प भइरहेको उल्लेख गर्दै त्यसलाई समाधान हुनेगरी काम गर्ने बताए ।
उनले सडकसम्बन्धी नीतिलाई क्रमशः प्राथमिकताको आधार अघि बढाउने पनि बताए ।
मन्त्री दाहालले भने ‘समस्याहरू धेरै छन् । सडक दुर्घटनाका कुराहरू हामीले दिनानुदिन भोगी रहेका छौं । यो विषय हाम्रो मन्त्रालयसँग सम्बन्धित छ । र सडक दुर्घटनालाई कसरी न्यूनीकरण गर्ने ? भन्ने विषय च्यालेन्जिङ विषय छ । त्यसलाई कुन ढंगले गर्नसक्छौ ? तपाईँहरूसँग छलफल गरेर समाधान गर्छौं । अर्को राष्ट्रिय यातायात नीति क्याबिनेटमा पठाउने निर्णय गरेका छौं । नीति निर्माण चाहिँ महत्वपूर्ण कुरा हो । जबसम्म नीति बन्दैन, तबसम्म हामीलाई काम गर्न सजिलो पनि हुँदैन । मन्त्री पहिलो पटक भएपनि मैले सांसदको रुपमा नीति निर्माणमा नै समय व्यतीत गरेको छु । त्यसले गर्दा सडकसँग सम्बन्धित हाम्रा कयौं नीतिहरू छन । त्यसलाई प्राथमिकताको आधारमा अघि बढाउँछौँ । अब विकास, निर्माणका कामहरु ठप्प भएका छन । अगाडि बढेका छैनन् भनेर धेरै गुनासो छ । अब आफनो जिम्मेवारीमा त्यो आएको छ । त्यसको अवस्थाको बारेमा हामी मसिनो गरी हेर्नेछौँ । र त्यसलाई समाधान गर्ने कुरा क्रमशः गर्नेछौँ । र ठेकदारहरूले भुक्तानी पाएनन् भनेर सडकमा अवरोध खडा गरेको भन्ने सन्दर्भ पनि छ । त्यसको बारेमा पनि हामी छलफल गर्छौं ।’
मन्त्री दाहालले पदभार ग्रहण गर्ने क्रममा राष्ट्रिय यातायात नीति मन्त्रीपरिषद् बैठकले पेस गर्ने निर्णय गरेका थिए ।








