रवि लामिछानेले दिए प्रधानमन्त्री ओलीलाई शुभकामना

कठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नव नियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाई तथा शुभकामना दिएका छन् ।

सामाजिक सञ्जाल फेसबुक मार्फत सभापति लामिछानेले प्रधानमन्त्री ओलीसहित सम्पूर्ण मन्त्रीमण्डललाई सफल कार्यकालको शुभकामना दिएका हुन् ।

उनले शुभकामना दिँदै भ्रष्टाचार र विचलनका मुद्दामा निर्मम ढंगले प्रस्तुत हुने बताएका छन् ।

उनले सुशासन र समुन्नतिका विषयमा सहकार्य गर्न तयार रहेको बताएका छन् ।

उनले लेखेका छन्– ‘नवनियुक्त प्रधानमन्त्री श्री के पी शर्मा ओलीज्यू सहित सम्पूर्ण मन्त्री मण्डललाई सफल कार्यकालको शुभकामना । हामी भ्रष्टाचार र विचलनका मुद्दामा निर्मम ढंगले प्रस्तुत हुनेछौँ भने सुशासन र समुन्नतिका विषयमा सहकार्य गर्न तयार रहनेछौँ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − 6 =