नवनियुक्त खेलकुदमन्त्रीको प्रतिबद्धता- खेलकुद मन्त्रालयलाई उत्कृष्ट मन्त्रालय बनाउँछु

काठमाडौँ । नवनियुक्त युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले युवा तथा खेलकुद मन्त्रालयलाई २१ मन्त्रालयमध्ये सबैभन्दा उत्कृष्ट मन्त्रालय बनाउने प्रतिबद्धता जनाएका छन् ।
सोमवार सिंहदरबारमा मन्त्रालयको पदभार सम्हाल्ने क्रममा उनले यस्तो प्रतिक्रिया जनाएका हुन् । उनले खेलाडीहरूलाई सबैभन्दा बढी ध्यान दिन आवश्यक रहेको बताए ।
उनले सबैले खेलाडीहरूलाई प्रोत्साहन गर्न जरुरी रहेको बताए । उनले युवा तथा खेलकुदको प्रोत्साहनका लागि आफूहरू आएको बताए । केही अप्ठ्यारो नभए डेढ वर्षसम्म मन्त्री बन्ने पनि बताए । उनले खेलकुदका भौतिक पूर्वाधारका संरचनाहरूमा जथाभाबी लगानी गर्नेकुरा अब नहुने बताए ।
उनले भने ‘हामीले खेलाडीहरूलाई सबैभन्दा बढी ध्यान दिनुपर्छ । हामी सबैले खेलाडीहरूलाई प्रोत्साहन गर्नुपर्छ । यहाँका युवाहरूलाई प्रोत्साहन गर्नका लागि हामी आएका हौँ । खेलकुदलाई सबैभन्दा उत्कृष्ट मन्त्रालय बनाउनेछौँ । हाम्रो अवधि केही अप्ठ्यारो परेन भने डेढ वर्षको हुनेछ । खेलकुदका भौतिक पूर्वाधारका संरचनाहरूमा हामीले जथाभाबी लगानी गरेको महसुस गरेका छौँ ।’
मन्त्री चौधरीले आफूलाई सबैतिरबाट सुझाव, साथ र सहयोग हुने विश्वास लिएको पनि बताए ।








