सिंहदरबार पुगेर प्रधानमन्त्री ओलीले गरे पदभार ग्रहण
२०८१ असार ३१ गते

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पदभार ग्रहण गरेका छन् ।
सोमवार पद तथा गोपनीयताको शपथग्रहणसँगै सिंहदरबार पुगेर उनले प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयको पदभार ग्रहण गरेका हुन् ।
त्यसअघि उनले लैनचौरस्थित शहीद स्मारकमा रहेका शहीदहरूको शालिकमा माल्यार्पण गरेका थिए ।
साथै पार्टी केन्द्रीय कार्यालय च्यासला पनि पुगेका थिए । प्रधानमन्त्रीसहित सबै मन्त्रीहरूले आज नै राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेका थिए ।
२०८१ असार ३१ गते
प्रतिक्रिया
सम्बन्धित








