गृहमन्त्री रमेश लेखकद्वारा पदभार ग्रहण
२०८१ असार ३१ गते

काठमाडौँ । नवनियुक्त गृहमन्त्री रमेश लेखकले पदभार ग्रहण गरेका छन् ।
सोमबार सिंहदरबारस्थित गृह मन्त्रालयमा पुगेर गृहमन्त्री लेखकले पदभार ग्रहण गरेका हुन् ।
गृहमन्त्री लेखकले आजै राष्ट्रपति कार्यालय शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिएका थिए ।
गृहमन्त्री लेखक कांग्रेसका प्रमुख सचेतक हुन् ।
२०८१ असार ३१ गते
प्रतिक्रिया
सम्बन्धित








