ओली क्याबिनेटमा एमालेका ८ मन्त्री (सूचिसहित)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले २२ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् । ओली क्याबिनेटमा नेकपा एमालेबाट ८ मन्त्री सहभागी भएका छन् ।

एमालेबाट विष्णु पौडेल उपप्रधानसहित अर्थमन्त्री बनेका छन् । पृथ्वी सुब्बा गुरुङ सञ्चार तथा सूचना प्रविधि मन्त्री बन्दा सहकारी तथा गरिबी निवारण मन्त्रीमा बलराम अधिकारी आएका छन् ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी र देवेन्द्र दाहाल भौतिक पूर्वाधार तथा यातायात मन्त्री बनेका छन् ।

यस्तै विद्या भट्टराई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री बनेकी छन् । रक्षामन्त्री मानवीर राई र राजकुमार गुप्ता सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री बनेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 17 =