यी हुन् ओली सरकारमा सहभागी कांग्रेसका १० मन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले २२ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् । ओली सरकारमा नेपाली कांग्रेस, नेकपा एमाले, जसपा र लोसपाबाट मन्त्री बनेका छन् ।

नेपाली काँग्रेसबाट १० नेकपा एमालेबाट ८, जसपाबाट २ र लोसपाबाट १ जना मन्त्री सरकारमा सहभागी बनेका छन् ।

जसमा काँग्रेसबाट प्रकाशमान सिंहलाई उपप्रधान तथा सहरी विकास मन्त्री बनेका छन् । रमेश लेखक गृहमन्त्री बन्दा आरजु राणा देउवा परराष्ट्रमन्त्री बनेकी छन् ।

काँग्रेसबाट युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी बनेका छन् भने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा प्रदीप पौडेल आएका छन् भने कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी अजयकुमार चौरसियालाई दिइएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारी, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का, र वातावरणमन्त्री ऐनबहादुर शाही बनेका छन् ।

नव नियुक्त मन्त्रीहरूलाई राष्ट्रपति पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ खुवाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × four =