एमालेका यी ८ नेता मन्त्री बन्ने पक्का (सूचीसहित)

काठमाडौं । नेकपा एमालेबाट मन्त्री बन्ने ८ जनाको टुंगो लागेको छ । बालकोटमा बसेको शीर्ष नेताहरुको बैठकले सरकारमा जाने मन्त्रीहरुको नाम टुङ्ग्याएको हो ।

शीर्ष बैठकले विष्णु पौडेल, पृथ्वी सुब्बा गुरुङ, छविलाल विश्वकर्मा, योगेश भट्टराई, कृष्ण गोपाल श्रेष्ठ, जुली महतो, विद्या भट्टराई र दामोदर भण्डारीलाई मन्त्री बनाउने निर्णय गरेको छ । सत्तारुढ दल नेकपा एमाले र नेपाली कांग्रेसबीच आठ वटा मन्त्रालय एमालेले र ९ वटा कांग्रेसले लिने सहमति भएको छ ।

तीन वर्षपछि सत्तामा फर्किएका एमाले अध्यक्ष केपी शर्मा ओलीले आज पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम छ । प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको समर्थन पाएका ओलीलाई राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् ।

नवनियुक्त प्रधानमन्त्री ओलीले आज बिहान ११ बजे राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शीतल निवासमा आयोजना हुने विशेष समारोहमा पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम छ । प्रधानमन्त्री ओलीबाट आजै मन्त्रिपरिषद्को विस्तार भएपछि नवनियुक्त मन्त्रीहरूले पनि शपथ लिनेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − 5 =