प्रधानमन्त्री ओलीको सपथ आज, भरेसम्म मन्त्रीमण्डल गठन
२०८१ असार ३१ गते

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आज पद तथा गोपनीयताको शपथ लिँदै छन् । उनलाई बिहान ११ बजे राष्ट्रपति रामचन्द्र पौडेलले शपथ गराउने तय भएको हो ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सदनमा विश्वासको मत नपाएपछि ओली मुलुकको ४५ औँ प्रधानमन्त्री नियुक्त भएका हुन् । ओलीलाई राष्ट्रपति पौडेलले आइतबार प्रधानमन्त्री नियुक्त गरेका हुन् । ७३ वर्षीय ओली चौथो कार्यकालका लागि प्रधानमन्त्री बनेका हुन् ।
कांग्रेस र एमालेबीच असार १७ गते नयाँ सरकार गठनको सहमति भएको थियो । सोही सहमतिअनुसार पहिलो कार्यकालका लागि ओली प्रधानमन्त्री बनेका हुन् । सकेसम्म सोमबार नै मन्त्रिपरिषद्लाई पूर्णता दिने गर्ने तयारी भएको नेताहरूले बताएका छन् ।
२०८१ असार ३१ गते
प्रतिक्रिया
सम्बन्धित








