ओलीलाई प्रधानमन्त्री नियुक्त गरिएको पत्र बर्तौलाले बुझे
२०८१ असार ३० गते

राष्ट्रपति रामचन्द्र पौडेलले केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको पत्र एमालेका प्रमुख सचेतक महेश बर्तौलाले बुझेका छन् ।
आइतबार साँझ ओलीको तर्फबाट बर्तौलाले राष्ट्रपति भवन शितलनिवासमा पुगेर नियुक्ति पत्र बुझेका हुन् ।
ओलीलाई राष्ट्रपति रामचन्द्र पौडेलले आजै साँझ प्रधानमन्त्रीमा नियुक्त गरेका थिए ।
प्रधानमन्त्रीसहित मन्त्रीहरूको शपथग्रहण सोमबार बिहान ११ बजेलाई तय भएको छ।
दुई ठूला दल मन्त्री छनौटमा व्यस्त छन्।
२०८१ असार ३० गते
प्रतिक्रिया
सम्बन्धित








