पूर्व राष्ट्रपति भण्डारी भेट्न चपली पुगे ओली
२०८१ असार ३० गते

फाइल तस्बिर
काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओली पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न उनकै निवास पुगेका छन् ।
प्रधानमन्त्रीमा नियुक्त भए लगत्तै ओली पूर्व राष्ट्रपति भण्डारीलाई भेट्न भण्डारीको निवास चपली गएका हुन् ।
पूर्वराष्ट्रपतिसंग नयाँ समीकरण र समसामयिक विषयमा छलफल भएको एमाले स्रोतले जनाकारी दियो ।
ओली प्रधानमन्त्री बनेसँगै पूर्व राष्ट्रपति भण्डारी एमालेको काम कारबाहीमा फर्कन सक्ने आँकलन हुन थालेको छ । तर, एमाले नेताहरू भने यो कुरालाई स्वीकार गर्दैनन् ।
२०८१ असार ३० गते
प्रतिक्रिया
सम्बन्धित








