ओली सरकारमा सहभागी होला नेकपा एस ?

काठमाडौं । नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)बीच भएको समझदारी अनुरूप एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ को उपधारा (२) बमोजिम ओलीलाई प्रधानमन्त्री नियुक्त गरेका हुन् ।

ओली प्रधानमन्त्री बनेसँगै नयाँ सरकार गठन औपचारिक रूपमा सुरु भएको छ । प्रधानमन्त्री ओलीले सोमबार नै मन्त्रिमण्डल गठन गर्ने तयारी गरेका छन् ।

सरकार गठनका लागि कांग्रेस र एमालेसँग पर्याप्त सांसद भए पनि अन्य दललाई समेत साथमा लिएर अगाडि बढ्ने मनस्थितिमा दुवै दल छन् । संसद्का अधिकांश साना दलले नयाँ सरकारलाई समर्थन गर्ने निर्णय नै गरिसकेका छन् ।

तर, नेकपा एकीकृत समाजवादी भने ओली नेतृत्वको सरकारमा सहभागी हुन्छ की हुँदैन भन्ने विषय अन्योलमा छ ।

नेकपा एसमा अधिकांश सांसदहरूले नयाँ सरकारलाई समर्थन गर्नुपर्ने बताइरहेका छन । तर, अध्यक्ष माधव नेपाल सहितका केही सांसद तथा नेताहरू भने अब प्रतिपक्षमा बस्ने र नयाँ सरकारमा सहभागी नहुने रणनीतिमा छन् । यद्यपि नयाँ सरकारलाई गुण र दोषका आधारमा सहयोग गर्ने नेकपा एसले बताएको छ ।

नेता मेटमणि चौधरीले अहिले नै सरकारमा जाने निर्णय नभएको जानकारी दिए । गुण र दोषका आधारमा भने नयाँ सरकारलाई सहयोग गर्ने उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *