चौथो पटक प्रधानमन्त्री बनेका ओलीबाट देशले निकास पाउने अपेक्षा
२०८१ असार ३० गते

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार साँझ ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् ।
प्रतिनिधिसभाका दुई ठूला राजनीतिक दलको सहकार्यमा ओली आइतबार नयाँ प्रधानमन्त्रीका रुपमा मुलुकको कार्यकारी नेतृत्वमा पुगेका हुन् ।
नेपाली कांग्रेस र एमालेबिच यही असार १७ गते भएको सहमतिले ओलीलाई तीन वर्षपछि फेरी कार्यकारी नेतृत्वमा पुर्याएको हो ।
चौथो पटक प्रधानमन्त्री बनेका ओलीबाट जनताले स्थिरता र जनजीविकाका मुद्दामा राहतको अपेक्षा गरेका छन् ।
यसअघि अध्यक्ष ओली २०७२, २०७४ र २०७८ सालमा गरी तीन पटक प्रधानमन्त्री भइसकेका छन् ।
लोकतन्त्र प्राप्तिको सङ्घर्षमा लागेका उनी लामो समय निरङ्कुश पञ्चायती शासन व्यवस्थामा कारबास भोगका छन् ।
२०८१ असार ३० गते
प्रतिक्रिया
सम्बन्धित








