कांग्रेस–एमालेका मन्त्रालय घट्ने, साना दललाई ४ मन्त्रालय !

काठमाडौं । ओली नेतृत्वको नयाँ सरकारमा कांग्रेस–एमालेबाहेक अन्य दलहरू पनि सहभागी हुने भएका छन् ।
राप्रपा, जसपा, जसपा नेपाल, लोसपा, नागरिक उन्मुक्ति पार्टी र जनमत लगायतका दलहरूले पनि सरकारमा जाने संकेत गरेपछि कांग्रेस–एमालेमा भएको मन्त्रालयगत बागबण्डामा फेरबदल हुने भएको छ । यसअघि कांग्रेसले ११ र एमालेले १० मन्त्रालय पाउने सहमति भएको थियो ।
साना दललाई पनि सरकारमा सहभागी गराउँदा कांग्रेस–एमालेको मन्त्रालय घट्ने भएको हो । मन्त्रालय संख्या घट्ने भएपछि शीर्ष नेताहरू आजै भागबन्डा मिलाउने गरि छलफलमा जुटेका छन् ।
नयाँ सरकारमा अन्य दल पनि सहभागी हुने भएपछि कांग्रेसले ९ र एमालेले ८ मन्त्रालय लिने गरी सहमति बन्न सक्छ । उच्च स्रोतका अनुसार हालसम्म १७ मन्त्रालयमा कांग्रेस एमालेबिच भागबन्डा मिलिसकेको छ ।
नयाँ सरकारमा सहभागी दलहरूका लागी चार वटा मन्त्रालय छुट्टाइएको नेताहरू बताउँछन् ।








