देउवाले बोलाए केन्द्रीय कार्यसम्पादन समितिको बैठक

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आज दिउँसो २ बजे बस्ने बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई अनिवार्य उपस्थित हुन निर्देशन जारी भएको छ ।

बैठकमा नयाँ सरकार गठन, केपी शर्मा ओली नेतृत्वको सरकारमा कांग्रेसका तर्फबाट सहभागी हुने मन्त्रीको नाम लगायत समसामयिक विषयमा छलफल हुने जनाइएको छ ।

नयाँ सरकार गठनका लागि ओलीले शुक्रबार साँझ प्रधानमन्त्रीका लागि राष्ट्रपति समक्ष दाबी पेस गरेका थिए । शुक्रबार बेलुका एमाले अध्यक्ष ओली नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित शीतल निवास पुगेर दाबी पेस गरेका थिए।

एमाले र कांग्रेसका १६६ सांसदको हस्ताक्षरसहित शुक्रबार दाबी पेस गरेका ओलीले आजै प्रधानमन्त्री पदको शपथ लिने तयारी गरेका छन् । पद तथा गोपनीयताको शपथ लिएलगत्तै उनले पदभार ग्रहण गर्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − 3 =