त्रिशूली नदीमा पहिराले बगाएको बसको ‘पर्दा’ भेटियो
२०८१ असार २८ गते

काठमाडौँ । नारायणगढ– मुग्लिन सडकअन्तर्गत भरतपुर महानगरपालिका–२९ सिमलतालमा शुक्रवार बिहान पहिरोले त्रिशूली नदीमा दुई वटा बस बगाएको थियो ।
उक्त बसहरू अहिलेसम्म भेटिएका छैनन् ।
बेपत्ता भएका बस खोज्ने क्रम जारी छ । यसैक्रममा प्रहरीको गोताखोरको टोलीले नदीबाट बसमा लगाइएको पर्दा फेला पारेका छन् । प्रहरीका अनुसार हुक लगाएर खोज्ने क्रममा बसमा लगाइएको पर्दा र एउटा ट्राउजर फेला परेको हो ।
उक्त पर्दा वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको गाडीको भएको बसका मालिकले दाबी गरेका छन् ।
पहिरोले बगाएका दुवै बस र तिनमा सवार यात्रुको खोजीमा नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोली परिचालन भइरहेको ।
२०८१ असार २८ गते
प्रतिक्रिया
सम्बन्धित








