प्रधानमन्त्री दाहाल पदमुक्त, ओली प्रधानमन्त्री बन्दै
२०८१ असार २८ गते

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले संसदबाट विश्वासको मत नपाएसँगै पदमुक्त भएका छन् ।
शुक्रवार प्रतिनिधिसभामा विश्वासको मत राखेको प्रश्ताव अस्वीकृत भएकाले उनि पदबाट मुक्त भएका हुन् ।
तत्काल रहेको २५८ मत रहेकोले उनले ६३ मात्रै मत पाएको र त्यसको विपक्षमा १९४ मत परेकाले उनको प्रश्ताव अस्वीकृत भएको सभामुख देवराज घिमिरेले जानकारी दिए ।
अब नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्ने बाटो खुलेको छ ।
प्रतिनिधि सभाको अर्को बैठक आगामी असार ३० गते आईतबार अपरान्ह ३ बजेका लागि बोलाइएको छ ।
२०८१ असार २८ गते
प्रतिक्रिया
सम्बन्धित








