प्रचण्डले आफू अन्तिम प्रधानमन्त्री जसरी बोल्नुभयो : योगेश भट्टराई
२०८१ असार २८ गते

काठमाडौं । नेकपा एमालेका सचिव तथा सांसद योगेश भट्टराईले प्रधानमन्त्री प्रचण्डले संसदमा झुटो बोलेको बताएका छन् ।
प्रधानमन्त्री प्रचण्डले प्रस्तुत गरेको विश्वासको मतको छलफलमा बोल्दै भट्टराईले प्रचण्डले आवेग र सत्ताबाट बाहिरिनु परेको पिडा पोखेको बताए ।
उनले प्रचण्डले आफू अन्तिम प्रधानमन्त्री जसरी बोलेको टिप्पणी गरे ।
‘प्रधानमन्त्रीले आफू अन्तिम प्रधानमन्त्री जसरी बोल्नुभयो,’भट्टराईले भने,‘उहाँले संसदमा झुटो बोल्नु भयो ।’
२०८१ असार २८ गते
प्रतिक्रिया
सम्बन्धित








