पहिरोमा बेपत्ता भएका नागरिकको खोजी तथा उद्धार गर्न शेखर कोइरालाको माग

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले विगत केही दिनदेखि परेको अविरल वर्षाका कारण बाढी–पहिरामा परी बेपत्ता भएका नागरिकको छिटो खोजी गर्न माग गरेका छन् ।

आज विज्ञप्ति जारी गरी नेता डा कोइरालाले बाढीपहिराबाट देशका विभिन्न स्थानमा जनधनको क्षति भएकाप्रति सरकारको ध्यानाकर्षण गराउँदै पीडितको उद्धार र व्यवस्थापन तथा बेपत्ताको खोजीकार्यमा तीनवटै तहका सरकारले नागरिकलाई अनुभूति हुने गरी काम गर्न आग्रह गरे ।

प्राकृतिक प्रकोपको समयमा उद्धारमा जुट्न कांग्रेसका सबै तहका नेता, कार्यकर्तालाई समेत उनले आग्रह गरेका छन् ।

बाढीपहिरामा परी मृत्यु हुने सबैप्रति डा कोइरालाले भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा समवेदना प्रकट गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × one =