पाँचौँ पटक विश्वासको मत माग्दै प्रधानमन्त्री प्रचण्ड (लाइभ)

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिने प्रक्रिया सुरु भएको छ ।

केही बेरअघि सुरु भएको प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेका छन् ।

प्रधानमन्त्रीले आफ्नो कार्यकालमा पाँचौँ पटक विश्वासको मत लिन लागेका हुन् । पछिल्लो पटक उनलाई समर्थन गरेको दल नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले समर्थन फिर्ता लिएपछि उनले नेपालको संविधानको धारा १०० को उपधारा (२) अनुसार विश्वासको मत लिनुपरेको हो ।

प्रधानमन्त्रीले संसदमा विश्वासको मत मागिरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − 6 =