प्रधानमन्त्रीलाई विश्वासको मत दिने रास्वपाको निर्णय (भिडिओ)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने निर्णय गरेको छ । शुक्रबार बिहान सिंहदरबारमा बसेको पार्टीको संसदीय दलको बैठकले प्रधानमन्त्री दाहाल ‘प्रचण्ड’को मतदान गर्ने निर्णय गरेको हो ।

बैठकपछि निर्णय सुनाउँदै पार्टीका प्रमुख सचेतक सन्तोष परियारले प्रधानमन्त्री प्रचण्डले नेपालको संविधान १०० को उपाधारा २ बमोजिम आफूमाथि संसद्‌मा विश्वास रहेको प्रस्ताव पेस गर्ने र रास्वपाले पक्षमा मतदान गर्ने जानकारी दिए ।  रास्वपाले पार्टीका सांसदहरूलाई प्रधानमन्त्री प्रचण्डको पक्षमा मतदान गर्न ह्विप जारी गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 3 =