चम्मरभुजिया जंगलमा ५९ वर्षीया महिला बलात्कृत

काठमाडौं । कपिलवस्तुमा एक महिला बलात्कृत भएकी छन् ।

शिवराज नगरपालिका–३ बानियाभारकी ५९ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवा पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा शिवराज नगरपालिका–३ बानियाभारका ३६ वर्षीय किस्मत मगर रहेका छन् । उनलाई बुधवार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

मगरले ती महिलालाई सोही ठाउँ स्थित चम्मरभुजिया जंगलमा लगी जबरजस्ती करणी गरेको भन्ने उजुरी परेको थियो । उक्त उजुरीको आधारमा इलाका प्रहरी कार्यालय सुन्दरीडाडाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − 5 =