यी हुन् जसपा नेपालका २ सय १५ केन्द्रीय सदस्य (नामावली)

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका केन्द्रीय समितिको नामावली सार्वजनिक गरिएको छ ।

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले आज २१५ सदस्यीय केन्द्रीय कार्य समिति सार्वजनिक गरेका हुन् । विधान अनुसार केन्द्रीय समिति २४१ जना हुनुपर्छ । तर, अध्यक्ष यादवले २१५ जनाको नाम मात्र सार्वजनिक गरेका छन् ।

उपेन्द्रले सार्वजनिक गरेको नामावलीमा अध्यक्षसहित नौ जना कार्यकारिणी समिति सदस्य छन् भने अरू बाँकी सबैलाई केन्द्रीय सदस्यमा राखिएको छ ।

गत जेठ २८ गतदेखि ३० गतेसम्म जनकपुरमा सम्पन्न महाधिवेशनले उपेन्द्र यादवलाई केन्द्रीय समितिमा सर्वसम्मतिले चयन गरेको थियो ।

सोही महाधिवेशनले बाँकी पदाधिकारी र केन्द्रीय समिति सदस्य चयनका लागि अध्यक्ष उपेन्द्र यादवले जिम्मेवारी दिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *