यस्तो छ आजको प्रतिनिधिसभा बैठकको कार्यसूची

२०८१ असार २७ गते

फाइल फोटो
काठमाडौं । संघीय संसदको प्रतिनिधि सभाको बैठक आज बस्दैछ । अपरान्ह ४ बजे बस्ने बैठक संसद भवन नयाँबानेश्वरमा बस्नेछ ।
आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ‘आदिवासी जनजाति आयोगको चौथो वार्षिक प्रतिवेदन (२०७९–०८०)’ पेस गर्ने कार्यसूची रहेको छ ।
यस्तै, बैठकको शून्य र विशेष समयमा सांसदहरूले समसामयिक राष्ट्रिय विषयमा आ–आफ्नो धारणा राख्ने संघीय संसद सचिवालयले जनाएको छ ।

२०८१ असार २७ गते
प्रतिक्रिया
सम्बन्धित