मुकुलको आरोप– रास्वपा रवि लामिछानेको क्लबमा हाईज्याक भयो

काठमाडौं । रास्वपाका पूर्व महामन्त्री डा.मुकुल ढकालले रास्वपा रवि लामिछाने क्लबमा हाईज्याक भएको आरोप लगाएका छन् ।

काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गरेर उनले रास्वपा पार्टी नभएर रविको क्लबमा हाईज्याक भएको बताएका हुन् ।

उनले रास्वपाको महामन्त्री र प्रवक्ताबाट बर्खास्तमा नपरेको दाबी गर्दै रविको क्लबबाट मात्रै हटाइएको बताए ।

‘अहिले रास्वपा पार्टी होइन, रवि लामिछाने क्लबमा हाई ज्याक भएको छ,’उनले भने, ‘म पार्टी महामन्त्री र प्रवक्ताबाट हटाइएको होइन, रविको क्लबबाट मात्रै निष्कासन गरिएको हो ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *