माछापुच्छ्रे बैंकको एटिएम मेसिन तोडफोड, दुई जना पक्राउ

काठमाडौँ । माछापुच्छ्रे बैंकको एटिएम मेसिन तोडफोडको अभियोगमा दुई जना पक्राउ परेका छन् ।

प्रहरी वृत्त महाराजगन्जको टोलीले बुढानीलकण्ठ नगरपालिका–३ रुद्रेश्वर चोकस्थित माछापुच्छ्रे बैंकको एटिएम मेसिन तोडफोड गरेको अभियोगमा नुवाकोट किस्पाङ गाउँपालिका–१ घर भई हाल बुढानीलकण्ठ बस्दै आएका ३४ वर्षीय श्यामबहादुर घले र सोही ठाउँका १९ वर्षीय सुजन तामाङलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले एटिएम तोडफोड गरेर भाग्दै गरेको अवस्थामा उनीहरूलाई आज बिहान पक्राउ गरिएको जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *