माओवादी केन्द्रको संसदीय दलको बैठक सुरु
२०८१ असार २६ गते

काठमाडौं । सत्तारुढ नेकपा (माओवादी केन्द्र) को संसदीय दलको बैठक सुरु भएको छ ।
सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा केही बेर अघि बैठक सुरु भएको हो ।
बैठकमा प्रधानमन्त्रीको विश्वासको मत र पछिल्लो राजनीतिक घटनाक्रमको छलफल भइरहेको माओवादी सांसद माधव सापकोटा जानकारी दिए ।
ठूला दल नेपाली कांग्रेस र एमाले मिलेपछि अल्पमतमा परेसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी २८ जेठमा संसदमा विश्वासको मत लिँदै छन् ।
त्यसअघि सरकार संविधानको कुन धाराअनुसार गठन हुने भन्नेमा विवाद देखिएको छ ।
२०८१ असार २६ गते
प्रतिक्रिया
सम्बन्धित








