एमाले सचिवालय बैठक जारी, यी विषयमा हुँदैछ छलफल

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ । बिहान ११ बजे बोलाइएको बैठक केहीबेर अघि पार्टी केन्द्रीय कार्यालय च्यासल सुरु भएको हो ।

मंगलबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक पार्टी अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएपछि आजका लागि सारिएको थियो ।

बैठकमा पछिल्लो विकसित राजनीतिक घटनाक्रम तथा नेताहरूको कार्यविभाजन लगायतका विषयमा छलफल भइरहेको उपमहासचिप प्रदिप ज्ञवालीले जानकारी दिए ।

कांग्रेस र एमालेबीच सरकारको आलोपालो नेतृत्व, संविधान संशोधनलगायतका विषयमा समझदारी भएको छ ।

यही १७ असारको मध्यराति भएको नेपाली कांग्रेससँगको सहमति र भावी रणनीतिका विषयमा पनि बैठकमा छलफल हुनेछ ।

बैठकमा पार्टीको २०८१ सालको कार्ययोजनाका विषयमा पनि छलफल हुने एमालेले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + seventeen =