काठमाडौंको बौद्धमा गुडिरहेको बसको इन्जिन पड्कियो

काठमाडौं । बौद्धमा गुडिरहेको बसको इन्जिन पड्किएर एकजना घाइते भएका छन् । आज बिहान बौद्ध पिपलबोटस्थित सडक खण्डमा बसको इन्जिन पड्किएको हो ।

प्र.३-०१-००५ख ९८६६ नम्बरको बसको एक्कासि इन्जिन पड्किँदा बसमा सवार दोलखा घर भई काठमाडौंको माकलबारी बस्ने ५४ वर्षीय दावा लामा घाइते भएका प्रहरीले जनाएको छ । उनको अर्थपेटिक अस्पताल नारायणटारमा उपचार भइरहेको छ । लामाको दाहिने खुट्टामा गहिरो चोट लागेको छ ।

बस हाल बौद्ध ट्राफिकको नियन्त्रणमा रहेको र प्रहरीद्वारा घटनाको थप अनुसन्धान भइरहेको जनाइएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + 17 =