रवि लामिछाने क्लबबाट मात्रै निष्कासित भएको हुँ, घण्टी बज्न रोकिँदैन : मुकुल ढकाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टीका महामन्त्री डा. मुकुल ढकाललाई पदबाट बर्खास्त गरेको छ ।

बर्खास्तमा परेपछि ढकालले रवि लामिछाने क्लबबाट मात्रै निष्कासित भएको टिप्पणी गरेका छन् ।

उनले आफू निष्कासित भए पनि रास्वपा भित्र घण्टी बज्न नरोकिने बताएका छन् । उनले रविको पार्टीबाट राष्ट्रिय स्वतन्त्र पार्टी बनाउने सङ्कल्प नरोकिने बताएका छन् ।

उनले लेखेका छन्– ‘रवि लामिछाने क्लबबाट निष्कासित भएको हुँ । राष्ट्रिय स्वतन्त्र पार्टी भित्र घण्टी बज्न रोकिँदैन, रविको पार्टीबाट राष्ट्रिय स्वतन्त्र पार्टी बनाउने सङ्कल्प रोकिँदैन, घण्टी बज्न रोकिँदैन । बाँकी कुरा भोलि ….’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 3 =