एमाले सचिवालय बैठक भोलीसम्मका लागि स्थगित

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक स्थगित भएको छ ।

आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने गरी बोलाइएको बैठक भोली बिहान ११ बजेसम्मका लागि स्थगित भएको हो ।

बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, नेताहरूको कार्य विभाजनलगायत विषयमा छलफल हुने बताइएको थियो ।

तर विशेष कारण देखाउँदै बैठक स्थगित गरिएको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 6 =