कांग्रेस–एमालेले दुई दलीय परिपार्टीको विकास गर्न खोजे, यो पश्चागामी कदम हो : सांसद घर्ती (भिडिओ)

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद पूर्णबहादुर घर्तीले काँग्रेस एमालेबीचको समझदारीबारे संसदले जानकारी पाउनुपर्ने बताएका छन् ।

सोमवार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै उनले सो माग गरेका हुन् । सांसद घर्तीले दुई पार्टी बीचको सहमती दुई दलीय प्रणालीको लागि हो भने त्यो मान्य नहुने चेतावनी समेत दिए ।

सांसद घर्तीले एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालप्रति आरिस गरेको आरोप पनि लगाए ।

‘काँग्रेस एमालेबीचको सहमती औपचारिक ढंगले आउन सकेको छैन । त्यो यहाँ पनि वाचन भएको छैन । त्यो सहमतीको नाममा यो संविधानले मल्टीपार्टीको व्यवस्था गरेको छ,’उनले भने,‘अव यसलाई दुई पार्टीबीचको सिष्टमको बहस पनि चलेको छ । यतातिर लैजान खोजेको हो भने यो पश्चागामी कदम हो । सदनले त्यो कुरा जानकारी पाओस् । सरकार आउनेजाने केही कुरा छैन ।’

उनले संघीयता कार्यान्वयनका लागि माओवादी केन्द्रले जस्तोसुकै कदम चाल्न पनि पछि नपर्ने बताए ।

सांसद घर्तीले मुलुकलाई दुई दलीय व्यवस्थातर्फ लैजान खोजिएको हो भने त्यो पश्चागामी कदम भएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × five =