बाग्मतीमा एमाले मन्त्रीले बुझाए सामूहिक राजीनामा, जम्कट्टेल सरकार अल्पमतमा
२०८१ असार २४ गते

काठमाडौं । बागमती प्रदेश सरकारबाट एमालेका मन्त्रीहरूले राजीनामा दिएका छन् । केन्द्रीय राजनीतिमा सत्ता नयाँ सत्ता समीकरणको सहमति भएसँगै उनीहरु मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई सामुहिक रुपमा राजीनामा बुझाएका हुन् ।
गत चैत्र १७ गते माओवादी केन्द्रका जम्कट्टेल नेतृत्वको सरकारमा दोस्रो पटक सहभागी भएको एमाले केन्द्रमा नयाँ गठबन्धन भएपछि बागमती प्रदेश सरकारबाट बाहिरिएको हो । योसँगै उनी अल्पमतमा परेका छन् ।
एमालेबाट सरकारमा आर्थिक मामिला मन्त्रीमा जगन्नाथ थपलिया, उद्योग, वाणिज्य भूमि तथा प्रशासन मन्त्रालयमा प्रकाश श्रेष्ठ, वन तथा वातावरणमा मन्त्रालयमा केशव पोखरेल, स्वास्थ्य मन्त्रालयमा रामेश्वर श्रेष्ठ र जलश्रोत, ऊर्जा तथा खानेपानी मन्त्रालयमा एकालाल श्रेष्ठ गरी पाँच जना मन्त्रीले राजीनामा बुझाएका हुन् ।
२०८१ असार २४ गते
प्रतिक्रिया
सम्बन्धित








