लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयकमा प्रमाणीकरणको बाटो खुल्यो
२०८१ असार २३ गते

काठमाडौँ । प्रतिनिधि सभामा उत्पत्ति भएको लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश प्रतिनिधि सभामा टेबल भएको छ ।
आइतबारको प्रतिनिधि सभाको दोस्रो बैठकमा प्रतिनिधि सभाका सचिव सुरेश अधिकारीले प्रतिनिधि सभामा उत्पत्ति भएको लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश टेबल गरेका हुन् । विधेयक अब प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालयमा पठाउने बाटो खुलेको छ ।
प्रतिनिधि सभाको अर्को बैठक असार २४ गते सोमवार बिहान ११ बजे बस्नेगरी स्थगित भएको छ ।
२०८१ असार २३ गते
प्रतिक्रिया
सम्बन्धित








