२८ गते विश्वासको मत लिँदै अल्पमतमा परेका प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ ले असार २८ गते विश्वासको मत लिने भएका छन् ।
अल्पमतमा परेका प्रधानमन्त्रीले असार २८ गते विश्वासको मत लिने प्रयोजनका लागि संसद सचिवालयमा पत्र पठाएका छन् ।
नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएसंगै प्रधानमन्त्री अल्पमतमा छन् । समर्थनसंगै एमालेबाट सरकारमा सहभागी भएका ८ जना मन्त्रीले पनि राजीनामा दिएपछि प्रचण्डले विश्वासको मत लिन लागेका हुन् ।
संसदमा दुई ठुला दल नपाली कांग्रेस र नेकपा एमालेबिच राष्ट्रिय सहमतिको सरकार बनाउने सहमति भइसकेको छ । असार १७ गते दूई दलबिच नयाँ समीकरण बनाउँदै सरकार र संविधान संशोधनलगायत मुद्दा अघि बढाउने सहमति भएको हो ।
एमालेले प्रधानमन्त्री प्रचण्डलाई दिएको समर्थन फिर्ता लिएको पत्र सङ्घीय संसद् सचिवालयमा दर्ता भएको छ । यस विषयमा प्रधानमन्त्रीलाई समेत जानकारी गराइ सकिएकाले एमाले संसद्मा प्रतिपक्षमा रहने बताएको छ ।
प्रधानमन्त्रीले संसद सचिवालयमा पठाएको पत्र









