रास्वपा पार्टी नभएर एनजिओ जस्तो भयो : मुकुल ढकाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निलम्बित महामन्त्री डा.मुकुल ढकालले रास्वपा पार्टी जस्तो नभएर एनजिओ जस्तो भएको बताएका छन् ।

३२ पेज लामो समीक्षा यात्रामा तयार पारेको प्रतिवेदनमा उनले पार्टीमा राजनीतिक संस्कार, बुझाइमा अत्यन्त कमी देखिएको उल्लेख गरेका छन् ।

पार्टीको मूल विचार एउटै हुनुपर्ने र विचारको बाटोमा हिँड्दा कता कहीँ जानेमा दुबिधा भएमा छलफल अनुसार निर्णय गर्नुपर्नेमा एउटा एनजिओ जसरी चल्न खोज्दा पार्टीका कदमहरूमा राजनीति नदेखिइएको बताएका छन् ।

‘पार्टीमा राजनीतिक संस्कार, बुझाइमा अत्यन्त कमी देखियो । पार्टीको मूल विचार एउटै हुनपर्छ,’उनले भनेका छन्,‘मूल विचारको बाटोमा हिँड्दा कता कहीँ जानेमा दुबिधा भएमा छलफल अनुसार निर्णय गर्नुपर्नेमा एउटा एनजिओ जसरी चल्न खोज्दा पार्टीका कदमहरूमा राजनीति देखिन सकेन ।’

यति मात्रै होइन, ढकालले सभापति लामिछानेलाई भेट्नुभन्दा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्न सजिलो रहेको टिप्पणी गरेका छन् ।

‘सभापतिसँग भेट्नुभन्दा नरेन्द्र मोदीलाई भेट्न सजिलो छ,’ उनले लेखेका छन् ।

जनताले सभापतिमाथि प्रश्न उठाएको बताउँदै उनले रविमा त्यागको भावना छैन भन्ने सन्देश गएको बताएका छन् । उनले ब्लु बस र रोजगारीको कुरा कता पुग्यो ? भन्दै प्रश्न समेत गरेका छन् ।

ढकालले रास्वपामा ग्यालेक्सी टिम धेरै भएकोमा पनि प्रश्न उठाएका छन् । उनले पार्टीमा ग्यालेक्सीको टिम धेरै भयो ? सभापतिले विश्वासको दायरा बढाउन नसेकेको हो ? भन्दै प्रश्न गरेका छन् ।

पार्टीमा देखिएको विवादमा ढकालले कडा आलोचनासहित प्रतिवेदन तयार पारेका छन् ।

प्रतिक्रिया

One thought on “रास्वपा पार्टी नभएर एनजिओ जस्तो भयो : मुकुल ढकाल

  1. आफु खुशी केहि गर्न पाएन होला अनि एनजिओ जस्तो लाग्यो भन्नु खोज्नु भएको त होइन

Leave a Reply

Your email address will not be published. Required fields are marked *