अल्पमतको सरकारबाट दीर्घकालीन असर पर्ने काम नहोस् : एमाले

काठमाडौं । नेकपा एमालेले दीर्घकालीन असर पर्ने काम नगर्न र नगराउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ध्यानाकर्षण गराएको छ ।

एमालेले एक प्रेस विज्ञप्ति जारी गर्दै अल्पमतमा परेको सरकारले यस्तो काम नगर्न भनेको हो ।

संसद्का दुई ठुला दल नेकपा एमाले र नेपाली कांग्रेस नयाँ सरकार गठनका लागि सहमत भएको अहिलेको अवस्थामा प्रचण्डले विश्वासको मत पाउने अवस्था नरहेको भन्दै दीर्घकालीन असर पर्ने काम नगर्न ध्यानाकर्षण गराएको हो ।

साथै एमालेले राष्ट्रिय सहमतिको सरकार गठनको प्रक्रियामा सहभागी हुन र सहयोग गर्न प्रधानमन्त्री प्रचण्डलाई आग्रह गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 7 =