बालकोटामा जम्मा भए एमालेका मन्त्रीहरु, अब राजीनामा बुझाउन बालुवाटार जाने
२०८१ असार १९ गते

एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्ना मन्त्रीहरूलाई बालकोटमा बोलाएका छन्। प्रधानमन्त्री पुपष्पकमल दाहाललाई राजीनामा बुझाउनु अघि ओलीले निवासमा बोलाएका हुन्।
ओलीसँगको भेटपछि उनीहरु सामुहिक राजीनामा दिनका लागि बालुवाटार जाने एक मन्त्रीले बताए।
सत्ता समीकरण फेरबदल भएपछि एमालेबाट सरकारमा सहभागी भएका मन्त्रीलाई फिर्ता बोलाउने भएको हो। यस्तै सरकारलाई दिएको समर्थन फिर्ता लिने पनि एमालेले निर्णय गरिसकेको छ।
असार १७ गते मध्येराति नेपाली कांग्रेस र एमालेबिच ओलीको नेतृत्वमा नयाँ सरकार बनाउने सहमति भएको छ।
प्रधानमन्त्री प्रचण्डलाई सरकार छाड्न उनीहरुले आह्वान गरिसकेका छन्। तर प्रचण्डले राजीनामा नदिने र संसदमा विश्वासको मत लिने अडान लिएका छन्।
उनको यो अडानका कारण ओलीले प्रधानमन्त्री बन्न अझै एक महिना कुर्न पर्ने भएको छ।
२०८१ असार १९ गते
प्रतिक्रिया
सम्बन्धित








