अन्ततः रास्वपाको बैठकमा पेश भयो महामन्त्री ढकालको राजनीतिक प्रतिवेदन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रिय समिति बैठकमा महामन्त्री मुकुल ढकालको राजनीतिक प्रतिवेदन पेश गरिएको छ ।

बुधवार बसेको सो पार्टीको केन्द्रिय कार्य समिति बैठकमा महामन्त्री ढकालको राजनीतिक प्रतिवेदन सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले प्रश्तुत गरेका हुन् ।

आफ्नो राजनीतिक प्रतिवेदन प्रत्यक्ष प्रशारण हुनुपर्ने माग सम्बोधन नभएपछि महामन्त्री ढकाल मुखमा कालो टेप लगाएर बसेको र उनको राजनीतिक प्रतिवेदन सहमहामन्त्री बुर्लाकोटीले प्रश्तुत गरेको पार्टीका सहप्रवक्ता मनिष झाले जानकारी दिए ।

प्रतिवेदनमा पार्टीमा व्यापक सुधारको खाँचो औंल्याइएको छ ।

सहप्रवक्ता झाले भने, ‘बैठकको शुरुमा पार्टी सभापतिले महामन्त्रीको अनुरोध अनुसार उहाँले लाईभ गर्ने प्रश्ताव राख्नुभयो । तर प्रतिवेदन सभापति बाहेक हामी कसैले पनि हेरेको थिएनौ । तसर्थ राजनीतिक रुपमा हामीले कतिपय कुरा संवेदनशील र रणनीतिक रुपमा बुझ्नुपर्ने हुन्छ । तसर्थ पहिला हामी केन्द्रिय समितिमा त्यो प्रतिवेदन रिभ्यू गरौं । त्यसमा वाचन गरियोस् । र त्यसमा सबैले अभिमत राखौं । र त्यस पश्चात यसलाई सार्वजकि गरौं । सार्वजनिक गरिसकेपश्चातको छलफल व्यवहारिक हुँदैन भनेर हामी सबैले सभापतिको जुन प्रश्ताव सभापतिको जुन प्रश्ताव थियो महामन्त्रीको अनुरोध अनुसार लाईभ गर्नुपर्ने । त्यसलाई हामीले नका¥यौं । हामी सबै जना सभापति र महामन्त्री बाहेक हात उठाएर मतदान ग¥यौं । हामी सबैले हात उठाएर आफ्नो मत राख्दै गर्दा पहिलो यसमा केन्द्रिय समितिमा छलफल होस् । यसमा सबैले प्रतिक्रिया देओस् । अनि त्यस पश्चात यसलाई सार्वजनिक गरौं भनेर । त्यसक्रममा सभापतिजीले पहिले नै के भनिसक्नुभएको थियो भने मैले महामन्त्रीज्युलाई तपाईप्रति अन्याय हुँदैन, यो सार्वजनिक हुन्छ भनेर मैले भनेको थिए । किनकी महामन्त्रीजीले जुन दिन प्रतिवेदन सभापतिजीलाई बुझाउनु भएको थियो । लामो मेहनत छ । ठूलो परिश्रम गरेर मैले लेखेर लिएर आएको छु । त्यसैले यो सार्वजनिक नगर्दाखेरी ममाथि अन्याय हुन्छ भनेर भन्नुभएको थियो । र त्यही दिन सभापतिजीले उहाँलाई वचन दिनुभएको थियो कि यो सार्वजनिक हुनेछ । तपाईप्रति अन्याय हुँदैन भनेर । त्यसैले केन्द्रिय समिति बैठक शुरु हुँदैगर्दा सभापतिज्युले भन्नुभयो कि तपाईमाथि अन्याय हुँदैन । र यो सार्वजनिक हुन्छ । उहाँले जुन बुझाउनु भयो । त्यसमा हामीले प्रतिक्रिया मात्रै दिने हो । त्यो हुबहु नै सार्वजनिक हुनेछ । त्यस पश्चात के भयो भने महामन्त्रीज्युले मेरो यो प्रश्ताव लाईभ हुँदैन भने मेरो व्यक्तिगत अभिव्यक्ति स्वतन्त्रताको हनन् हो । त्यसैले म मुखमा कालो टेप लगाएर बस्छु भन्नुभयो । र उहाँले मास्क लगायत त्यसमाथि कालो टेप लगाएर बस्नुभयो । जुन सामाजिक सञ्जालदेखि समाचारहरुमा तपाईले देखिसक्नु भएको छ । त्यस पश्चात उहाँले बोल्दिन भनेपछि सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले उहाँको छेउमा नै बसेर वाचन गर्नुभयो । करिव ३३ पेजको त्यो प्रतिवेदन करिव डेढ घण्टा लाग्यो । त्यो वाचन पश्चात हामीले खानाको ब्रेक राखेका थियौं ।’

तर प्रतिवेदन भित्रका कुरा आन्तरिक रुपमा छलफल नभई बाहिर सार्वजनिक गर्न नहुने धारणा केन्द्रिय समितिका सदस्यहरुले राखेपछि महामन्त्री ढकालको सो प्रतिवेदन लाईभ हुन नसकेको रास्वपाले जनाएको छ ।

यसैबीच, रास्वपाले महामन्त्री ढकाललाई हटाएर सन्तोष परियारलाई महामन्त्री बनाउको भन्ने समाचारमा कुनै सत्यता नरहेको स्पष्ट पारेको छ ।

सहप्रवक्ता मनिष झाले सो समाचारमा कुनै सत्यता नरहेको प्रष्टयाए । उनले सोविता गौतमलाई पार्टी संसदीय दलको प्रमुख सचेतक बनाएको भन्नेकुरा पनि सत्य नभएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 5 =