कांग्रेसले डाक्यो विपक्षी दलहरूको बैठक

काठमाडौं । सत्ता समीकरण हुने भएपछि नेपाली कांग्रेसले विपक्षी दलहरूको बैठक डाकेको छ ।

आजै साँझ देउवा निवास बुढानीलकण्ठमा बैठक बस्ने तयारी भइरहेको कांग्रेसका एक नेताले जानकारी दिए ।

कांग्रेसले बोलाएको बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चालगायत दल सहभागी हुने भएका छन् ।

विपक्षी दलहरूलाई सरकारमा सहभागी हुन आग्रह गर्नका लागि बैठक बोलाइएको ती नेताले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + two =