एक लाख घुससहित इन्जिनियर पक्राउ
२०८१ असार १७ गते

ताप्लेजुङको फुङलिङ नगरपालिकामा अधिकृतस्तर छैठौं, सिभिल इन्जिनियर एक लाख रुपैयाँ घुससहित पक्राउ परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीले उनलाई पक्राउ गरेको हो।
ताप्लेजुङको फुङलिङ नगरपालिकामा अधिकृतस्तर छैठौं, सिभिल इन्जिनियर पदमा कार्यरत मो. अख्तर हुसैनले खेलकुद मैदान निर्माण कार्यमा सेवाग्राहीसँग घुस लिएको अख्तियारले दाबी छ।
उक्त रकम घुस लिइसकेको अवस्थामा फुङलिङ नगरपालिका, वडा नंम्बर ४ न्यूरोड ट्याक्सी स्ट्यान्डबाट सोमबार नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ।
२०८१ असार १७ गते
प्रतिक्रिया
सम्बन्धित








