थापाथलीस्थित बागमती नदीमा एक पुरुषको शव फेला
२०८१ असार १७ गते

प्रतिकात्मक तस्बिर
काठमाडौँ । थापाथलीस्थित बागमती नदीमा खोलाले बगाएर ल्याएको एक पुरुषको शव फेला परेको छ ।
सोमबार साँझ बागमती नदीमा उक्त शव फेला परेको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीका अनुसार प्रहरीले घटनास्थलमा पुगेर शव निकालेको हो ।
उक्त शव सनाखत भई नसकेको उनले बताए ।
२०८१ असार १७ गते
प्रतिक्रिया
सम्बन्धित








