देउवाको ब्रिफिङ– ओलीसँग सकारात्मक कुरा भयो
२०८१ असार १७ गते

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठकमा पार्टी सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी ओलीसँगको भेटबारे ब्रिफिङ गरेका छन् ।
देउवाले ओलीसँग सम्बन्ध सकारात्मक र सुमधुर रहेको बताएको कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए ।
‘ओलीले चिया खान बोलाउनु भयो । हामी बस्यौँ, र सौहार्दपूर्ण वातावरणमा कुराकानी भयो’ देउवाको भनाई उद्धृत गर्दै विश्वकर्माले भने,‘अहिले हाम्रो सम्बन्ध सकारात्मक र सुमधुर छ ।’
प्रमुख प्रतिपक्षी दलका नेता र सत्ता गठबन्धनको प्रमुख दलका नेताबिच भेट हुँदा सत्ता समीकरण परिवर्तनको चर्चा चल्नु सामान्य रहेको उनले बताए ।
२०८१ असार १७ गते
प्रतिक्रिया
सम्बन्धित








