शक्ति र सत्ताको दुरुपयोग गरेर बजेट विनियोजन भयो : सांसद रोकाय

काठमाडौँ । राष्ट्रिय सभामा नेपाली काँग्रेसका सांसद कृष्णबहादुर रोकायले विनियोजन विधेयकका शीर्षक मापदण्ड, सिद्धान्त र प्राथमिकताको विपरीत रहेको बताएका छन् ।
सोमवारको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले बजेट मन्त्रीहरूले आफूखुसी ल्याएको बताए । उनले बजेटको मूल्य मान्यतामा नै त्रुटि भएको बताए । उनले मन्त्रीहरूले आफ्नो आफ्नो मन्त्रालयमा प्राप्त बजेटको अधिकांश हिस्सा आफ्नै जिल्ला, निर्वाचन क्षेत्रमा लैजाने कुराले ज्यादा अपरिपक्व, गैरजिम्मेवार, दुरुपयोग गरेको पुष्टि भएको बताए । उनले बजेट विनियोजन शक्ति र सत्ताको दुरुपयोग गरेर ल्याएको बताए ।
उनले भने ‘आर्थिक वर्ष २०८१/०८२ का बजेटका सिद्धान्त र प्राथमिकतालाई टेकेर सोका आधारमा यो बजेट आयो की आएन भन्नेकुरा मुख्य हो । बजेट निर्माण गर्दा कुनै न कुनै मापदण्डमा टेकेर निर्माण गरिन्छ । तर अहिलेका विनियोजनका विभिन्न शीर्षक हेर्दा बिना मापदण्ड, सिद्धान्त र प्राथमिकताको विपरीत मन्त्रीहरूले आफूखुसी बजेट ल्याएको देखियो । यो बजेटलाई समग्रतामा हेर्दा मूल्य मान्यतामा नै त्रुटि देखियो । मन्त्रीहरूले आफ्नो आफ्नो मन्त्रालयमा प्राप्त बजेटको अधिकांश हिस्सा आफ्नै जिल्ला, निर्वाचन क्षेत्रमा लैजाने कुराले ज्यादा अपरिपक्व, गैरजिम्मेवार, दुरुपयोग गरेको पुष्टि भएको छ । यो शक्ति र सत्ताको ठाडो दुरुपयोग हो । बजेटको मूल मान्यतामा नै गम्भीर त्रुटि देखियो ।’
सांसद रोकायले बजेट मन्त्रालयगत विनियोजनमा गैरजिम्मेवार र लज्जास्पद स्थिति देखिएको बताइन् ।








