नौ वटा टेलिभिजनविरुद्ध आरजु राणाले दिइन् उजुरी

काठमाडौं । नेपाली काँग्रेसकी सांसद डा.आरजु राणाले भ्रामक र आपत्तिजनक सामाग्री प्रसारण गरेको भन्दै विभिन्न ९ वटा टेलिभिजनविरुद्ध उजुरी दिएकी छन् ।

उनले प्रेस काउन्सिलमा नक्कली भुटानी शरणार्थी प्रकरणमा असार १५ मा पक्राउ परेका बेचन झासँग जोडेर भ्रामक सामग्री प्रसारण गरेको भन्दै उजुरी दिएकी हुन् ।

आरजुले भ्रामक समाचार हटाएर चरित्र हत्या गर्ने मनसायले झुटो सामग्री प्रकाशित–प्रसारण गरेका सञ्चारमाध्यमहरूलाई कारबाही गर्न माग गरेकी छन् ।

कञ्चनपुरबाट पक्राउ परेका झामाथि बिचौलियालाई तत्कालीन गृहमन्त्री, सचिव लगायतसँग भेट गराइदिन मध्यस्थकर्ताको भूमिका खेलेको आरोप लागेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − six =