प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच अर्को भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको उनीहरूबीचको भेटवार्तामा समसामयिक विषयवस्तुमाथि छलफल भएको छ ।

प्रचण्ड र ओलीबीच आइतबार पनि भेटवार्ता भएको थियो । उक्त भेटमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने पनि सहभागी थिए ।

शनिबार ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच ३ घण्टा लामो छलफल भएको थियो । उक्त छलफलपछि सत्ता समीकरणबारे विभिन्न अड्कलबाजी भइरहेका छन् । यही आशङ्काबीच प्रचण्ड र ओलीले निरन्तर भेट गरिरहेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − seven =