इन्धनको मूल्य बढ्यो

२०८१ असार १६ गते

नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ । इन्डियन आयल कर्पोरेसनबाट आइतबार प्राप्त नयाँ खरिद मूल्यअनुसार नेपालमा पेट्रोल लिटरमा २ र डिजेल/मट्टितेल लिटरमा ५ रुपैयाँ बढाइएको हो ।
हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत् राखिएको निगमले जनाएको छ ।
नयाँ मूल्य आइतबार मध्यरातदेखि लागू हुने छ ।

२०८१ असार १६ गते
प्रतिक्रिया
सम्बन्धित